नेपालसँगको सम्बन्ध प्रगाढ बनाउने अमेरिकी चाहना

  Sampatti News

April 22, 2022

काठमाडौं-नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिका बताएका छन् ।

बाइडेनले अमेरिका र नेपालका साझा मुद्दा अघि बढाउँदै दुई देशबीचको जारी बलियो र चिरस्थायी मित्रता अझ प्रगाढ पार्न चाहेको अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको ओहदाको प्रमाणपत्र स्वीकार गर्दै बताएका हुन् ।

मेरिकी विदेश मन्त्रालयमार्फत राजदूत खत्रीले ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा नभई कागजी प्रक्रियाद्वारा ओहदाको प्रमाणपत्र बुझाइएको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत खत्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नेतृत्वको कार्यकाल सफलता र जनताको खुसीको कामना गर्दै पठाएको शुभकामना सन्देश हस्तान्तरण गरे ।

राजदूत खत्रीले नेपालको समग्र विकासमा अमेरिकाले निरन्तर गरिरहेको सहयोगका लागि धन्यवाद दिएका छन् ।

प्रकाशित मिति:April 22, 2022