हजुरआमाको हत्या गरेको आरोपमा नातिनी पक्राउ

  Sampatti News

May 5, 2022

काठमाडौें – उदयपुरमा हजुरआमाको हत्या गरेको आरोपमा नातिनी पक्राउ परेकी छन् ।
उदयपुर त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

घरमा कोही नभएको बेला शंकास्पद रुपमा मृत भेटिएकी सुखनीदेवी चौधरीको नातिनीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । अनुसन्धान टोलीले घटनाको केही दिनपछि हत्या भएको प्रमाणसहित नातिनीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

टिभी हेर्ने क्रममा नातिनी र हजुरआमाबीचमा बिबाद उत्पन्न भएको थियो । बिबाद हुँदा ममता चौधरीले सुखनीदेबी चौधरीलाई लात्तिले हानी भुईमा लडाई घाँटी थिचि हत्या गरि मृतकलाई खाटमा सुताई भागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

प्रकाशित मिति:May 5, 2022