नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

  Sampatti News

May 5, 2022

काठमाडौं – त्रिवेणी गाउँपालिका -९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।
बुधबार रातिबाट सुरु भएको विवादमा एकअर्कालाई दोषारोपण गरी झडप गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले दुवै पक्षबीच केही ठाउँमा ढुङ्गा हानाहान भएपछि जिल्लाबाट प्रहरी परिचालन गरिएको जानकारी दिए ।

कांग्रेसनिकट तरुण दलले वाईसीएलका चुडामणि बस्नेत, डिलबहादुर विकको घर तोडफोड गरेका छन् । माओवादीको तर्फबाट ९ नम्बर वडाध्यक्षका उम्मेदवार जनककुमार विकको समेत गरी ३ वटा बाइकसमेत तोडफोड गरेका छन् ।

प्रकाशित मिति:May 5, 2022