मतदान केन्द्र तोकिएका विद्यालयहरुमा ३ दिनकालागि बिदा

  Sampatti News

May 5, 2022

काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार निर्देशन दिइएको केन्द्रले पत्रमा उल्लेख गरेको छ । केन्द्रले वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयको उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन भनेको हो ।

प्रकाशित मिति:May 5, 2022