गफमा विद्यावारिधि गरेका ओली बलयगाढाका प्रवर्द्धक : अध्यक्ष नेपाल

  Sampatti News

May 5, 2022

काठमाडौ-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बलयगाढाको प्रवर्द्धक भएको पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले भने उनी (ओली) बयलगाढा प्रवर्द्धक हुन् । बयलगाढा चढेर अमेरिका जानु र नेपालमा राजतन्त्रा फाल्नु उस्ता उस्तै हो भनेर निराशा छर्ने व्यक्ति हुन, गणतन्त्र विरोधि हुन् । उनि बयलगाढा दार्शनिक हुन् ।’

उनले ओली महागफाडी भएको पनि बताए । उनले भने, ‘ओली महागफाडी हुन्, उनले गफमा विद्यावारिधि गरेका छन् । सधैँ भ्रमको खेती गर्छन् ।’

प्रकाशित मिति:May 5, 2022