आजको मौसम कस्तो : कहाँ कहाँ वर्षाको सम्भावना ?

  Sampatti News

May 6, 2022

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमन महाशाखाले देशभरका मोसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गणडकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:May 6, 2022