मेयर उम्मेदवारको गाडीमा आगजनी

  Sampatti News

May 6, 2022

काठमाडौं – मोरङको बेलबारी नगरपालिकामा मेयरका उम्मेदवारको प्रचारप्रसारमा प्रयोग गरिएको गाडीमा आगजनी भएको छ ।

राप्रपाबाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा शुक्रबार बिहानको समयमा आगजनी भएको ईलका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमालले जानकारी दिए ।

घटनामा संलग्न भएका सुन्दरहरैँचा नगरपालिका–१२ का २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

सीसी क्यामेराको रेर्कड फुटेजमा देखिएका युवासँग हुलिया मिलेपछि पाण्डेलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको हो । प्रहरी नियन्त्रणमा लिएको पाण्डे मेयरका उम्मेदवार गौतमसँगै चुनवी अभियानमा हिँड्ने युवा हुन् ।

प्रकाशित मिति:May 6, 2022