आज काठमाडौँमा गठबन्धनको चुनावी सभा: शीर्षनेताहरुले सम्बोधन गर्ने

  Sampatti News

May 6, 2022

काठमाडौँ-आज काठमाडौँमा पाँच दलीय सत्ता गठबन्धनले संयुक्त चुनावी आमसभा गर्दैछ ।

काठमाडौँको शान्तिबाटिकामा आज दिउँसो १ बजे हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नुहुनेछ ।

सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सवुज)ले जानकारी दिनुभयो ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् ।

निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।

प्रकाशित मिति:May 6, 2022