नेपाली कांग्रेस र नेकपा (एस)का कार्यकर्ताबीच झडप

  Sampatti News

May 6, 2022

काठमाडौं – कैलालीको बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका चुनाव प्रचारप्रसारको क्रममा कार्यकर्ताबीच झडप भएको छ । कैलालीको बुढीनन्दा नगरपालिका- ९ मा झडप भएको हो ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको बताइएको छ । कांग्रेसका कार्यकर्ताको कुटाइबाट उनी नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए ।

एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए । प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ ।

प्रकाशित मिति:May 6, 2022