पहिरोका कारण अवरुद्ध सडक खुल्यो

  Sampatti News

May 8, 2022

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो ।

पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो ।

पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति:May 8, 2022