प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेताले सम्बोधन गर्दै

Nepal Cover
२५ बैशाख २०७९, आईतवार
image

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताले आज पोखरामा सम्बोधन गर्नुहुने भएको छ ।

पोखराको अमरसिंह चौरमा आयोजना गरिने चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिनुभयो । चुनावी सभाका लागि पोखराका विभिन्न स्थानबाट दलहरूले र्‍र्‍यालीको तयारी गरेका छन्