संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस

  Sampatti News

May 8, 2022

काठमाडौं- जेठ ३ गतेका लागि संसद बैठक आह्वानका लागि मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ ।

संविधानअनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ ।

त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

प्रकाशित मिति:May 8, 2022