सिटिसी मल लिलाम बिक्रिमा

  Sampatti News

May 9, 2022

काठमाडौँ-सुन्धारास्थित सिटिसी मल लिलाम बिक्री हुने भएको छ ।

८२ हजार ९५ वर्ग फिट क्षेत्रफलमा रहेका १३२ पसल लिलामी गर्ने सूचना कर्मचारी सञ्चय कोषले सोमबार जारी गरेकाे छ ।

सिभिल इस्टेट्स प्रालिले कोषबाट लिएको ऋण नतिरेकाले लिलामी गर्न लागेको हो।

आजदेखि ३५ दिनभित्र लिलामीमा बोल कबोल गर्न सकिने सूचनामा उल्लेख छ।

सिटिसी मलमा घरजग्गा व्यवसायी इच्छाराज तामाङको लगानी छ ।

गत मंसिरमा कर्मचारी सञ्चय कोषले पनि तामाङसहित तीन जनाको नाममा सार्वजनिक सूचना जारी गरेको थियो।

कोषले ऋणको साँवा-ब्याज चुक्ता नगरेको भन्दै सिभिल इस्टेट्स प्रालि, त्यसका सञ्चालक तामाङ, उनका ससुरा केशवलाल र प्रवीण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको थियो।

कोषका अनुसार ऋण निकाल्दा सुन्धारास्थित ६ रोपनी जग्गा र त्यसमा निर्माण भएका १३२ इकाइ पसलहरू धितोमा राखिएको थियो।

सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोगमा तामाङलाई गत असोजमा प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति:May 9, 2022