मतगणनामा सहभागी हुने सबैकाे मापसे परीक्षण हुने

Nepal Cover
२६ बैशाख २०७९, सोमबार
image

काठमाडौँ-स्थानीय तह निर्वाचनपछिको मतगणनामा सहभागी हुने सबैमा मादक पदार्थ पिए नपिएको जाँच हुने भएको छ।

निर्वाचन आयोगले मतगणनामा सहभागी हुने कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक र राजनीतिक दलका प्रतिनिधिको गणनास्थल जानु अघि मापसे परीक्षण हुने भएको हो।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख निर्वाचन अधिकारी रोशन शंकर घिमिरेले सर्वदलीय बैठकमा यसबारे जानकारी दिएका हुन्।

दलहरुले आयोगको यो निर्णय सही रहेको बताउँदै कडाइपूर्वक लागु गर्न आग्रह गरेका छन्।