सुर्खेतमा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप : दुई जना घाइते

  Sampatti News

May 11, 2022

काठमाडौं – सुर्खेतमा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।
मंगलबार राति करिब १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता ३६ वर्षीय सुनिल बिक र २६ वर्षीय इन्द्र बिकरहेका छन् । दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी रामप्रसाद घर्तीका अनुसार आफ्ना कार्यकर्ता घाइते भएपछि एमालेका कार्यकर्ता आक्रोशित बनेका थिए । उनीहरूले केही बेर प्रहरीसँग पनि विवाद गरेका थिए । प्रहरी र एमाले कार्यकर्ताबीच विवाद हुँदा चार जना प्रहरी सामान्य घाइते भएको डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रकाशित मिति:May 11, 2022