अध्यक्ष नेपालको गृहजिल्लामा एक्लै भिडदा कलम चुनाव चिन्ह विजयी

  Sampatti News

May 18, 2022

काठमाडौं – रौतहटमा नेकपा एकीकृत समाजवादीपार्टीको विजयी सुरुवात भएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगरमा कलम चुनाव चिन्हले पहिलो २ नगरपालिकामा मेयर र उपमेर सहित वडा अध्यक्षसहितको प्यानल नै विजयी हासिल भएको छ ।

यो विजयीले गठबन्धन नगरी एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा गएको अवस्था थियो भने धैरे सिटहरुमा विजयी हासिल गर्नै सकिन्थ्यो भन्ने कुराको तथ्यलाई स्मरण गराएको छ ।

गौर नगरपालिका १ देखि ९ वडा सम्म गौर नपा मा बहुमतका साथ एकीकृत समाजवादीका उम्मेदवारहरुले ले जित हासिल गरेका छन् । राजदेबी नगरपालिका र गौर नपा मा मेयर देखी उपमेयर र वडा अध्यक्ष सहित सबै विजयी भएका हुन्।

अध्यक्ष नेपालको गृहनगर गौरमा मेयर एकीकृत समाजवादीका शम्भु साहले फराकिलो मतान्तर का साथ बिजय भएका छ्न ।

पुर्व प्रधानमन्त्री नेपालको गृहजिल्ला मा समाजवादी एक्लाएक्लै चुनावी मैदानमा भिडेको थियो। भ्रष्टाचारको विरुद्ध लामो समय लडदै आएका समाजसेवी साहले छोटो समयमा जनताको मन जित्न सफल भएका थिए। यो बिजयमा पुर्व प्रधानमन्त्री नेपालको लोकप्रियता जोडिएको बिष्लेसकहरुको टिप्पणी छ।

प्रकाशित मिति:May 18, 2022