कर्णाली प्रदेशमा नीति तथा कार्यक्रम मंगलबार

  Sampatti News Online

June 6, 2022

सुर्खेत- कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/ ८० को नीति तथा कार्यक्रम भोलि (मंगलबार) प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ ।सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।यस पटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समावेश गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताए । प्रदेश सरकारले विगतका अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको छ ।

‘यसअघिका थुप्रै आयोजनाहरू अधुरा छन् । ती आयोजनालाई मुर्तरुप दिनका लागि नयाँ योजना थप्नेभन्दा पुरानै योजनामा बजेट थप्ने र कार्यान्वयन गर्ने सरकारको तयारी छ ।

प्रकाशित मिति:June 6, 2022