उपत्यकामा चार आनाभन्दा कम जग्गा कित्ताकाट गर्न प्रतिबन्ध

  Sampatti News

June 7, 2022

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा ४ आनाभन्दा कम हुने गरी कित्ताकाट गर्न प्रतिबन्ध लगाएको छ । आवासीय प्रयोजनका लागि चार आनाभन्दा कम हुने गरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भूउपयोग नियमावली २०७९ मा यस्तो व्यवस्था कायम गरेको हो । यो राजपत्रमा प्रकाशन गरी लागू गरिएको छ ।

यसबाहेक आकार वा क्षेत्रफल अमिल्दो भई अर्को कित्तासँग मिलान गर्न उपयुक्त देखिए कित्ताकाट हुने व्यवस्था छ । यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने छ ।

यसैगरी ५ सय वर्गमिटरभन्दा कम कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणा बढी राख्नुपर्ने भएको छ ।

प्रकाशित मिति:June 7, 2022