नेपाल प्रहरीका पाँच एआईजीको बढुवासँगै पदस्थापन, दुई एआईजीको सरुवा

  Sampatti News

June 8, 2022

काठमाडौँ । नेपाल प्रहरीका पाँच एआईजीको बढुवासँगै पदस्थापन भएको छ, भने दुई एआईजीको सरुवा भएको छ । सरकारले नेपाल प्रहरीका पाँच एआईजीको बढुवासँगै पदस्थापन एवं दुई एआईजीको सरुवा गरेको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले एआइजी रवीन्द्र बहादुर धानुकलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरेको छ । त्यस्तै विश्वराज पोखरेललाई मानव स्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ ।

एआईजी बढुवा भएका सहकुल थापाबाहेक सबैको जिम्मेवारी हेरफेर भएको छ । थापा कार्य विभागमा यथावत् रहँदा केन्द्रीय अनुसन्धान ब्युरोमा उत्तम सुवेदी, मानव स्रोत विभागमा पूजा सिंह, प्रशासन विभागमा अरुण कुमार बिसी, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मुकुन्द आचार्य र अपराध अनुसन्धान विभागमा दिवेश लोहनीलाई पदस्थापन गरेको छ ।

प्रकाशित मिति:June 8, 2022