कोरियाका लागि कृषि तथा पशुपालन क्षेत्रमा साढे ६ हजारले दिए परीक्षा

  Sampatti News

June 9, 2022

काठमाडौँ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रका ६ हजार ५९७ को परीक्षा लिएको छ ।

कृषि र पशुपालन क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् भने उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् ।

कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्ये ६ हजार ५ सय ९७ को परीक्षा अहिले भइरहेको छ भने बाँकी ४ हजार २ सय ६१ जनाको आगामी असार १३ गतेबाट सुरु हुनेछ ।

अन्य परीक्षा पनि नियमित रूपमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

प्रकाशित मिति:June 9, 2022