सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  Sampatti News Online

June 13, 2022

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो (आइतबार) को तुलनामा सोमबार तोलामा ३०० रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ ।

प्रकाशित मिति:June 13, 2022