एनजिओका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Nepal Cover
३० जेष्ठ २०७९, सोमबार
image

काठमाडौँ । एनजिओका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एनजिओका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियारले सेफ नेपाल नामक संस्थाका अध्यक्ष राम नरेश राय यादवविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको जानकारी दिएको छ ।

रौतहट जिल्लामा रहेको सेफ नेपाल नामक संस्थाका अध्यक्ष राम नरेश राय यादवले महिला जनचेतना कार्यक्रमको सञ्चालन गर्ने भनी रौतहटको गढीमाई नगरपालिकासँग सम्झौता गरी रकम लिएकामा कार्यक्रम नै नगरी नक्कली बिल भरपाई तयार पारी १ लाख ७२ हजार २४० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

यादवले सम्झौता र कार्यादेश अनुसारको काम नगरेको र जनचेतना कार्यक्रमका नाममा नक्कली बिल भरपाई बनाएर पेस गरेको अख्तियारले जनाएको छ ।