सडक बिभागका कर्मचारीहरु आन्दोलनमा

  Sampatti News Online

June 13, 2022

आर्थिक वर्ष २०७९/०८० बजेट बक्तव्यको बुँदा नं ३०५ हटाउनु पर्ने माग

बजेट बक्तव्यमा स्थानीय पुर्वाधार विभाग खारेज गरेको बिषयलाई लिएर सोमबार सडक बिभाग कार्यालय, पुल्चोकमा हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय पुर्वाधार विभाग खारेज गर्दा प्रदेश अन्तर्गत स्थानीय बिकास कार्यालय मार्फत निर्माण भएका अर्बैका भौतिक पुर्वाधारहरु संरक्षणमा चुनौती थपिने भन्दै कर्मचारी यूनियनहरुले बिभागिय मन्त्री तथा सचिवलाई जेठ १७ गते ध्यानाकर्षण गराएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७/०८० को बजेट बक्तव्यको बुँदा नं ३०५ मा स्थानीय पुर्वाधार विभाग खारेज गरी बिभागमा रहेका प्राविधिक कर्मचारी मध्ये १० प्रतिशत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पुर्वाधार बिकास सहजीकरण इकाइमा रहने तथा बाँकी कर्मचारी प्रदेश सरकार र भौतिक पुर्वाधार सम्बद्ध संघीय मन्त्रालयमा समायोजन हुने ब्यवस्था मिलाएको छु भन्ने उल्लेख छ ।

स्थानीय पुर्वाधार विभागका कर्मचारीहरुलाई भौतिक पुर्वाधार सम्बद्ध संघीय मन्त्रालयमा समायोजन गर्दा बृत्तिबिकासमा समस्या आउने भन्दै यूनियनलेआन्दोलनका कार्यक्रम अघि बढाएको छ ।

बिरोध कार्यक्रमलाई संबोधन गर्दै भैतिक योजना तथा यातायात मन्त्रालय आधिकारिक ट्रेड युनियनका अध्यक्ष नेत्र देबकोटाले सिंगो सडक बिभागमाथि आँखा लगाउने विषय भएकोले १५ दिन देखि आफुहरु निरन्तर आन्दोलनमा रहेको बताए । सम्बन्धित निकायले आफ्नो विषय गम्भिररुपमा नलिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको देबकोटा जानकारी दिए ।

बिरोध कार्यक्रममा स्थानीय योजना प्रदेशरस्थानीय तहमा हस्तान्तरण गर, हाम्रो वृद्धि बिकास माथी पटक पटक भइरहेको हस्तक्षेप बन्द गर, लगायतका नाराहरु राखिएको छ ।

प्रकाशित मिति:June 13, 2022