आज पनि जिते एक युवाले काेराेना

Nepal Cover
१० बैशाख २०७७, बुधबार
image

काठमाडौं । सुदूरपश्चिमका तेस्रो कोरोना भाइरस संक्रमित व्यक्ति निकाे भएर घर फर्किएका छन् ।

काेराेना संक्रमित कञ्चनपुर बेदकोट नगरपालिका-९ का ४० वर्षीय इन्द्र बिककाे तेश्रो र चौ‌ंथो रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको छ।

१४ चैतमा भारतबाट ब्रह्मदेवव हुँदै नेपाल आएका उनी क्वारेन्टाइनमा बसेका थिए। २२  चैतमा र्‍यापिड टेस्टमा पोजिटिभ देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।

याे सँगै नेपालमा निकाेहुनेकाे संख्या ६ पुगेकाे छ