चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धि औसतभन्दा उच्च रहने “गभर्नर महाप्रसाद”

  Sampatti News Online

July 22, 2022


नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धि औसतभन्दा उच्च रहने बताएका छन् । चालू वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वृद्धि औसतभन्दा माथि रहने छ बताएका हुन् । उनका अनुसार कोभिड महामारीका कारनले उत्पादन क्षमता घटेका उद्योगहरूको क्षमता वृद्धि हुँदा आर्थिक वृद्धिमा सहयोग पुग्ने देखिन्छ ।

चालू वर्षमा कृषि क्षेत्रमा भएको रासायनिक मलको अभावले भने आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने अनुमान गरिएको छ । यसै गरी, बाह्य क्षेत्र (अमेरिकी डलरको मूल्य वृद्धि, व्यापार घाटा लगायत) ले पनि आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने छ । यसका साथै, रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा बढेको मूल्यवृद्धि समेत आर्थिक वृद्धिको लक्ष्यमा चुनौती बनेर आउन सक्ने राष्ट्र बैंकको आँकलन छ ।

प्रकाशित मिति:July 22, 2022