एउटै रूखमा तीन जना झुण्डिए

Nepal Cover
८ श्रावण २०७९, आईतवार
image


झापा । झापामा एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन्। केचनाकवल गाउँपालिका -५ मा आज विहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार झुण्डिएको अवस्थामा फेला पर्नेमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन्।

स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए।
हिजो दिउँसोदेखि हराएका आज विहान झुन्डिएको अवस्थामा फेला परेको डीएसपी पाठकले जानकारी दिए। ती तीनै जना किशोरीहरु चिया बगानका मजदुर हुन्।