एकासी रुख ढल्दा तीन जनाको मृत्यु, १ दर्जन घाइते

  Sampatti News Online

July 24, 2022

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रुख एकासी ढल्दा एउटा बस र एउटा स्कुटीलाई च्याप्दा ३ जनाको मृत्यु भएका छन् ।
सल्लाको रुख ढलेर काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा२ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा६१च नम्बरको स्कुटीलाई च्याप्दा अन्य १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जानकारी दिइन्।
घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पतालमा र भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु भएका तीन मध्य एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन सकेका छैन ।
सो घटनामा मृतक नितेश खर्वुजाको सनाखत भएको हो ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।

घटनामा घाइते भएकाहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।

मन्त्री खाँणले भक्तपुरका प्रमुख जिल्ला अधिकारी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन सो निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाँणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक शुरू गर्न पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति:July 24, 2022