प्रहरीले समितिलाई बुझायो सिसिटिभीको रिपोर्ट

  Sampatti News Online

July 25, 2022


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सिसिटिभी फुटेजको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएका छन् ।

स्रोतका अनुसार सिलबन्द रहेको रिपोर्ट भोलि (मंगलबार) बिहान समितिको बैठकमा खोलिनेछ । समितिले अर्थ मन्त्रालयबाट सिसिटिभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो ।
बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । समितिका सदस्यबीच तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कल डिटेल हेर्नेरनहेर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।

प्रकाशित मिति:July 25, 2022