१३१ किलो लागुऔषध गाँजा सहित १ जना व्यक्ती नियन्त्रणमा ।

Nepal Cover
१० श्रावण २०७९, मंगलवार
image


‍‍‍‍‍‍‍‍‍‍‍‍‍
साउन ८ मकवानपुर, प्रहरी चौकी नामटार मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर भिमफेदी गा।पा। वडा नं। ९ बस्ने खैवा रुम्वा भन्ने सोनम सिं रुम्वाले आफ्नो घरमा तयारी अवस्थामा लुकाई छिपाई राखेको १३१ किलो लागूऔषध गाँजा फेला परेको र निज खैवा रुम्वा भन्ने सोनम सिं रुम्वालाई जिल्ला मकवानपुर हेटौडा उ।म।न।पा। वडा नं। १० स्थित बासपार्कबाट फेला पारी उक्त लागुऔषध गाँजा सहित निज सोनम सिं रुम्वालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट प्राप्त खबर