काठमाडौ । राष्ट्रिय क्षयरोग केन्द्रले प्रदेश स्तरीय कर्मचारी भेला श्रावण ११ र १२ गते गर्ने अभियान अन्तर्गत आजबाट शुरु भएको छ।
आफ्नो मातहत रहेका आपूर्ति कार्यालय र जोडिएको कामलाई कसरी जनमुखी सेवामा रुपान्तरण गर्न सकिन्छ भन्ने उदेश्य मै भेला केन्द्रित रहने केन्द्रले जनाएको छ।श्रावण ११ गते बिहानै देखि शुरुआत भएको सबै प्रदेशका कर्मचारीहरूले आआफ्नो ठाउँमा प्रवाह गरेका सेवामा आएका जटिलता अनि समाधानका उपायहरुमा छलफल भैरहेको सहभागिता जनाउनेहरुको भनाइ छ।
बिगत तीन महिना देखी केन्द्रमा भए गरेका काम निकै प्रभाबकारी रहेको मधेस प्रदेशका निर्देशक बिजय कुमार झा ले भेलालाई सम्बोधन गर्दै आफ्नो धारणा राख्नुभयो।
उहाले भेलामा उपस्थित भएकाहरु माझ केन्द्रका निर्देशक डा संजय ठाकुरले गरेका कामहरूको खुलेर प्रसंशा गर्नुभयो ।
कार्यक्रममा केन्द्रका निर्देशक डा ठाकुरले सबै मिलेर अगाडि बढे सफलता नजिक रहेको बताउदै हामी प्रति गरेका भरोसा टुटन नदिन सबै टिम तोकिएको जिम्मेवारीमा जिम्मेवार र जवाफदेही बन्न सक्नुपर्छ भन्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा ठाकुरले ल्याब,सप्लाइ, मनिटरिङ ,दक्ष जनशक्ति बनाउन ट्रेनिङका कामहरू पूरा गराउदै हामी अगाडि बढनुपर्छ यसैबाट क्षयरोग मुक्त समाज बनाउन सक्छौ यो हाम्रो अर्जुन दृष्टि हो उहाले भन्नुभयो ।कार्यक्रममा सबै प्रदेशका प्रमुखहरुले आआफ्नो सुझाव सहितको धारणा राख्नु भएको थियो।
कार्यक्रम श्रावण १२ गते पनि दिनभर चल्ने केन्द्रकि सुनिता दुलालले सम्पत्ति न्युजलाई बताइन् ।