डोटी । नेकपा एकिकृत समाजबादीका अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री माधबकुमार नेपालले अब समाजबादको यात्रा बाट नै सबै खालको निकास निस्कने भएकोले नेकपा समाजवादीको संगठन बिस्तारमा जुटन डोटी जिल्ला पुग्नुभएका अध्यक्ष नेपालले भेला भएका अगुवा कार्यकतालाइ सम्बोधन गर्ने क्रममा बताउनुभयो ।
श्रवण १४ गते का दिन डोटीको सिलगढीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अब जनता सचेत भैसकेकाले भ्रष्टाचार नियन्त्रण गर्न र जनमुखी शासनका निम्ति पनि आगामी निर्वाचनमा सबैतिर समाजवादीले जित्नु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यकर्ता भेलालाई पोलिटिकल ब्यूरो सदस्य पुर्व मन्त्री. प्रेम आले, प्रदेश अध्यक्ष. हर्क बहादुर सिंह, केन्द्रिय सदस्य क.पूर्णा जोशी, केन्द्रिय सदस्य क.सीता रायमाझी सहितले सम्बोधन गर्नुभएको कार्यकर्ता भेलामा हजारौंको सख्यामा उपस्थिति रहेको थियो।

९० वर्षीय भीम बहादुर माझी र २० वर्षिय शीला थापा मगर उमेर सम्मका २६३जनाले नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए पार्टीमा प्रवेश गरेका सबैलाई अध्यक्ष नेपालले टीका लागाएर भित्र्याउनु भएको भियो।
कार्यक्रम जिल्ला अध्यक्ष दीर्घ राज बोगटीको अध्यक्षतामा भएको कार्यक्रम सचिब गोरखा बहादुर सार्की ले सन्चालन गर्नुभएको थियो।
