हिंसा पीडित महिलालाई भेटवालको पच्चीस हजार सहयोग

Nepal Cover
१५ श्रावण २०७९, आईतवार
image

काठमाडौ ।महिला हिंसा र कानुनी उपचारका देखिएको जटिलता बिषय कार्यक्रममा संसदीय कानुन ,न्याय तथा मानवअधिकार समितिका सभापति माननीय कृष्णभक्त पोखरेल पुर्व संसदीय समितिका पुर्व सभापति माननीय रामनारायण बिडारी अधिबक्ता स्वागत नेपाल नेपाल पत्रकार महासघका कार्यवाहक महासचिव गोबिन्द प्रसाद चौलागाईंले सम्बोधन गर्नुभएको एक कार्यक्रम बीचमा अस्ट्रेलिया बस्ने भावना भेटवालले महिला हिंसामा परेकी एक पीडित महिलालाई पच्चीस हजारको चेक मार्फत सहयोग गरेकी छिन।

समाजसेवी भावना कि धनी भेटवालले यस अघि पनि यस्ता मानवीय सेवामा आफुलाइ समर्पित गर्दै आइरहेको सहयोग गर्ने क्रममा बताउदै सभापति पोखरेल अनि पुर्व सभापति बिडारी लाई सहयोगको चेक हस्तान्तरण गरेकी थिइन सो चेक लगतै पीडितलाई हस्तान्तरण गर्दिन संचार केन्द्र समक्ष दिइएको थियो।कार्यक्रममा समाजसेवी भेटवाललाइ सम्मान पनि गरिएको थियो।तराई बिकास तथा संचार केन्द्र नेपालले आयोजना गरिएको कार्यक्रम काठमाडौको बिजुलीबजार स्थित संचार केन्द्रको हलमा आयोजना गरिएको थियो। हिंसा पीडित ती महिला हाल घरबाट लखेटिएकि अनि कोहि नभए पछि एक सस्थाको हेरचाहमा त छिन तर कानुनी उपचारमा रहेकी उनलाई सहयोग गर्ने कोहि नभएको समाचार हेरेपछि भेटवालको नजर पुगेसगै यसै कार्यक्रम बीचमा पीडितले सहयोग रकम प्राप्त गरेकी हुन।