गृहमन्त्री खाँणले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट

Nepal Cover
१६ श्रावण २०७९, सोमबार
image

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेको हो।

नेता पौडेलको निवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको सङ्गठन सुदृढीकरणबारे कुराकानी भएको काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणले जानकारी दिएको छ ।
काँग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ ।