एकै परिवारका ४ जना मृत फेला

  Sampatti News Online

August 1, 2022

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा सोमबार एकै परिवारका ४ जना मृत फेला परेका प्रहरी प्रमुख भरत बोहराका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत भेटिएका छन् ।
प्रहरी अधिकृतहरुका अनुसार गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका दिनेश कार्कीले श्रीमती सुनिता काप्री पाण्डे र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ ।

घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ, । सुसाइड नोटमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन जुन सुसाइड नोट दिनेशको भएको मानिएको छ ।
प्रहरीका अनुसार सुनिता ६ महिनाको सिजनल भिसा बेलायत जाने तयारीमा थिए । सुनिता दुई सातापछि बेलायत उड्ने तयारीमा थिए । पारिवारिक झगडाकै कारण दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुले गरेका छन् ।

दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।

प्रकाशित मिति:August 1, 2022