पहिरोले घर बगाउँदा २ जनाको मत्यु

  Sampatti News Online

August 2, 2022


म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा २ जनाको मत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।

स्थानीय घामबहादुर र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिए ।

गोठे बिकका छोरा राजन र नविनको पहिरोमा परी मृत्यु भएको छ । उनीहरूको शव घरभन्दा केही तल भेटिएको घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकले जानकारी दिए ।
गोठे र उनकी श्रीमती गोरी बिक घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी बिक बेपत्ता भएका छन्।

प्रकाशित मिति:August 2, 2022