अरनिको राजमार्ग सञ्चालनमा

  Sampatti News Online

August 2, 2022


अविरल वर्षाका कारण सोमबार बिहानबाट अरनिको राजमार्गको सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो ।

अवरुद्ध  सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने–आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको थियो । अहिले यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।  सडक विभागसँग समन्वय गरी यातायात सञ्चालन गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति:August 2, 2022