छोराको कुटपिटबाट बुवाको मृत्यु

  Sampatti News Online

August 2, 2022


तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएका छन् । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टङ्कले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेको थियो ।

घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रबारे चौकीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि छथर अस्पताल पु¥याएका थिए । तर भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । बाबुलाई मुस्लीले प्रहार गरी फरार रहेका छोराको खोजी कार्य जारी रहेको सो कार्यालयले जनाएको छ । घरायसी विवादमा छोराले बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:August 2, 2022