आकाशमा उडदाउडदै नेपाल सरकारका सचिब रिटायर्ड

  Sampatti News Online

August 2, 2022

काठमाडौँ । सचिव महेश्वर न्यौपाने अनिवार्य अवकाश हुने एकहप्ता बाकी हुदा बिनाकामको कोरिया भ्रमण गरेर नेपाल फर्कनेक्रममा जहाज मै उहाको सेवा अबधि सकिए सगै भोलि पल्ट नेपाल आएका छ्न। उनले नेपाल सरकारको सचिबहरुमा आकासमै सेवा सकिने सचिब बनेर रेकर्ड समेत कायम गरेका छ्न। । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव न्यौपाने सेवा अवधीका कारण गत (बिहीबार)देखि अनिवार्य अवकाश भएका हुन् ।

निर्वाचन आयोगमा कायममुकायम सचिव रहेकै बेला सचिवमा बढुवा भएका न्यौपाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै पुनः पर्यटन मन्त्रालयबाटै अवकाश भएका हुन् । पर्यटनमा खटपटपछि पीपीएमओ पुगेका उनी त्यहाँबाट अख्तियार पुगेका थिए ।निर्वाचनमा रहदाउनले गरेको गाडी खरिद प्रक्रिया अहिलेसम्म पनि सेलाएको छैन।गृह मा रहेर सम्बन्ध विस्तारसँगै उनी सरकार परिवर्तनसँगै रंग परिवर्तन गर्दै ओलि लाई गाली गर्दै मन्त्री प्रेम आलेसँगै पुनः पर्यटनमा पुगेका थिए । जहाँ बस्यो त्यही आर्थिक विवादका कारण चर्चामा रहने न्यौपाने अवकाशको मुखमा राजनीति नियुक्तका लागी अर्को कुनै मालदार ठाउँको खोजीमा रहदा रहदै कुनै उपाय नलाग्ने भएपछि मुडफ्रेसका निम्ति पर्यटन बोर्डको पैसामा एकहप्ता कोरिया हानिए उनको म्याद फ्लेनमा उडदाउडदै सकियो।
यो सन्दर्भले थिती र बिधिको कुरागरेर नथाक्ने नेपालका उच्च तहका प्रशासकहरुको शिर झुकेको छ। लोकसेवा पास गरेर प्रशासन क्षेत्रमा प्रवेश गरेकाहरुले जिम्मेवार र जवाफदेही हुनु नपर्ने प्रश्न उठेको छ। सेवा सकिनु प्रवेश गर्नु नियमित प्रक्रिया हो तर जहाँ बस्यो त्यही विवादित नै बनेर घर जानेमा सचिब न्यौपाने सगै को को पर्छ्न त्यो खोजीको बिषय भएको जनकारहरु बताउछ्न। ।
अवकाश हुन साता दिन मात्रै बाँकी हुँदा पर्यटन बोर्डको पैसामा नेपाल सांस्कृतिक केन्द्रले आयोजना गर्ने कार्यक्रममा हलको उद्घाटन तथा बोर्ड अनावरणका लागि भन्दै दक्षिण कोरिया उडे सगै प्रशासक मोरलको समेत धज्जि उडाएक छ्न। जहाँ जानू कुनै आवश्यक नै थिएन।

२०७४ साउन दोस्रो साता सचिवमा बढुवा भएका सचिव न्यौपानेको अवकाशसँगै सो रिक्त स्थानमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वरिष्ठ सहसचिव दीपक काफ्ले सचिवमा बढुवा हुँदैछन् ।

कमल राना बाट

प्रकाशित मिति:August 2, 2022