August 3, 2022
मधेश प्रदेशको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊु कार्यक्रम अन्तर्गत साइकल खरिद प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलिप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका हुन् ।
मधेश प्रदेश सरकारले यस कार्यक्रमअन्तर्गत दुई चरणमा गरी २७ हजार साइकल खरिद गरेर वितरण गरेको थियो । त्यसक्रममा एक चरणमा १० र अर्को चरणमा १७ हजार साइकल खरिद गरेर वितरण गरिएको थियो ।
१७ हजार साइकल खरिद गर्दा तोकिएको ब्रान्डलाई छाडेर ब्रान्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
प्रकाशित मिति:August 3, 2022