कोरोना संक्रमितको संख्या बढ्ने क्रममा ९१५ जना थपिएका

  Sampatti News Online

August 3, 2022

कोरोना संक्रमितको संख्या बढ्ने क्रममा बुधबार ९१५ जना थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको ६ हजार दुई नमुना परीक्षण गर्दा तीमध्ये तीन हजार ९१ पीसीआर परीक्षणबाट ५९० जना र २ हजार ९११ एन्टिजेन परीक्षणबाट ३२५ जनामा संक्रमण पुष्टि भएको छ ।
एक दिनमा ३०९ जनाले कोभिड १९ जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । आज काठमाडौं उपत्यकाभित्र काठमाडौंमा ३३७, ललितपुरमा ५३ र भक्तपुरमा ३२ जनामा संक्रमण पाइएको छ । यसरी उपत्यकाभित्र आज ४२२ जना संक्रमित थपिएका हुन् ।

आज कोरोना संक्रमण दर १५ प्रतिशत पुगेको छ जुन गत बुधबार १२ प्रतिशत रहेको थियो।

साउन लागेयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नेपालमा साउन १ गते, एक हजार ४३९ सक्रिय संक्रमित रहेकोमा साउन १८ गतेसम्ममा बढेर पाँच हजार ४३३ पुगेको छ ।

प्रकाशित मिति:August 3, 2022