गठबन्धनका दलहरूको बैठक आज बिहान बस्दै

  Sampatti News Online

August 4, 2022


काठमाडौँ । सत्ता गठबन्धनका दलहरूको बैठक आज बिहान बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बसेको बैठकमा मंसिर ४ मा निर्वाचनको मिति तोके तर गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका छन् । संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन बैठक बस्न लागेको हो ।

त्यसैले, काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आजका लागि बैठक डाकेका हुन् ।

“मंसिर ४ कै लागि भनेर निर्वाचन मिति प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ,” गठबन्धनका एक नेताले भने, “अन्य दलका नेताहरूले आआफ्ना दलमा छलफल गरेर आउनुहुनेछ ।”

ती नेताका अनुसार प्रधानमन्त्री निर्वाचन मिति तोक्ने विषयमा तयार भएर बसे पनि एक पटक गठबन्धन दलको अनुमति लिएरै अघि बढ्ने प्रयासमा रहेको बताए ।

प्रकाशित मिति:August 4, 2022