आज दिउँसो १ बजे संघीय संसदको बैठक बस्दै

  Sampatti News Online

August 4, 2022


काठमाडौं । आज दिउँसो १ बजे संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि मन्त्रिपरिषदको बैठक बस्दै छ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए । त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने एक मन्त्रीले जानकारी दिएको छ ।

प्रकाशित मिति:August 4, 2022