निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाउने

  Sampatti News Online

August 4, 2022

काठमाडौं । सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाउने भएका छन् । निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार अब निर्वाचनका लागि विशेष योजना योजना बन्ने र त्यहीँ अनुसार म्यादी प्रहरीको भर्ना खुल्ने छ । उनले भने, ‘अब प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना योजना बन्छ, त्यही अनुसार म्यादी प्रहरीको भर्ना खोलिन्छ ।’

चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ ।

स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले चाहिँ १ लाख १९ हजार म्यादी प्रहरी माग गरेको थियो ।

प्रकाशित मिति:August 4, 2022