वायुसेवा निगमकाे कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त

  Sampatti News Online

August 4, 2022


काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो ।

उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप थिए । उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको र कर्मचारीमाथि दूर्व्यवहार गरेको विषयमा उनीमाथि छानबिन गर्नका लागि समितिसमेत गठन गरिएको थियो ।

प्रकाशित मिति:August 4, 2022