लोकसेवाको उत्तरपुस्तिकामा फोन नम्बर लेखेपछि

  Sampatti News Online

August 4, 2022


१९ साउन, काठमाडौं । कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षामा एक परीक्षार्थीले उत्तरपुस्तिकामा फोन नम्बर लेखेपछि परीक्षा रद्ध भएका छन् ।

प्रदेश लोक सेवा आयोगको कार्यालय, कर्णालीले ४ साउनमा लिएको स्वास्थ्य सेवा अन्तर्गत अहेब पदको प्रथम चरणको लिखित परीक्षाको उत्तरपुस्तिकामा सल्यानको सिद्धकुमाख गाउँपालिकाका नवीन कुमार रेउलेले आफ्नो नम्बरसँगै ‘कल गर्नू’ लेखेका थिए ।
उक्त उत्तरपुस्तिकामा फोन गर्न आग्रह गरेको भेटिएपछि परीक्षा रद्द गरेको आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले बताए । आयोगको गत सोमबार बसेको बैठकले रेउलेले अब २ वर्षसम्म आयोगका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने उनले जानकारी दिए ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति:August 4, 2022