मतदाता नामावली संकलन स्थगित

  Sampatti News Online

August 5, 2022

२० साउन, काठमाडौं । निर्वाचन आयोगले आज देखी मतदाता नामावली संकलन स्थगित गरेका छन् । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।

आयोगले गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको थियो ।
निर्वाचनको मिति घोषणा भएकाले अब त्यो काम स्थगित गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगका प्रवक्ता पौडेलका अनुसार अनलाइन फारम भरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको हकमा भने आज र भोलि (साउन २० र २१ गते)सम्मको समय दिइएको छ ।

मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने काम पनि आजैदेखि सुरु हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति:August 5, 2022