सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

  Sampatti News Online

August 5, 2022


२० साउन, काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेका छन् ।

मन्त्रिपरिषद्को हिजो (बिहीबार) बसेको बैठकले निर्वाचन मिति घोषणा गरेपछि गठबन्धनका नेताहरू छलफलमा जुटेका छन् ।
सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो । सोही विषयमा छलफल गर्न गठबन्धनमा रहेका दलहरूबीच बैठक सुरु भएको हो ।

सत्ता गठबन्धनका एकजना नेताले आजको बैठकमा चुनावी तालमेल, सिट बाँडफाँट र चुनावी रणनीतिका विषयमा छलफल हुने बताए ।

प्रकाशित मिति:August 5, 2022