क्षयरोग मुक्त अभियानमा जुटौं
भवानी खापुङ ,स्वास्थ मन्त्री

  Sampatti News Online

August 5, 2022

काठमाडौ ।सन २०५० सम्ममा नेपाल बाट क्षयरोग उन्मुलन गर्ने लक्ष्यका साथ काम अगाडि बढेको क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको पुनरावलोकन तथा बिस्तार कार्यशाला गोष्ठीको उदघटन गर्दै स्वास्थ मन्त्री भवानीप्रसाद खापुङले बताउनु भएको छ।स्थानिय तहका मेयर उपमेयर र पुर्व सचिब सहित सबै प्रदेश स्वास्थ निर्देशनालयका प्रमुखहरुलाइ सम्बोधन गर्दै मन्त्री खापुङले भन्नुभयोस अब स्थानीय सरकार र सघिय सरकार मिलेर क्षयरोग नियन्त्रणमा हातेमालो गर्दै अगाडि बढ्दा हामी लक्ष्यमा पुग्न सक्छौ।

कार्यक्रममा मन्त्री खापुङ्ले अब क्षयरोगबाट मृत्यु हुनेहरुको संख्या घटाउन सके मात्र यस्ता कार्यक्रमअनि यो जमघट औचित्यपूर्ण हुने कुरा बताउनुभयो ।

राष्ट्रिय क्षयरोग केन्द्रले आयोजना गरेको कार्यक्रममा तुल्सिपुर नगरपालिकाका मेयर टिकाराम खडकाले जनप्रतिनिधिका तर्फबाट कुरा राख्दै ६० वर्ष देखी थालिएको क्षयरोग नियन्त्रणका प्रयासहरुले सोचेजस्तो उपलब्धि हासिल गर्न नसक्नु चेतनाको कमि नै भएको आफ्नो धारणा राख्नेक्रममा बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहले यो कार्यक्रमले गाउका वस्तीहरुलाइ सम्बोधन गरेको छ अब जनकपुर उपमहानगरपालिका भित्रका सबै स्थानहरुमा हामीले गर्नुपर्ने अनुगमन र रोग पहिचानका निम्ति जे जे गर्नुपर्ने हुन्छ हामी तयार छौ पबित्र उद्श्येले आयोजना गरिएको यस्तो कार्यक्रम भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।

देशभरका नगरपालिकाका मेयर उपमेयर सबैजनाको प्रतिनिधित्व रहेको सो कार्यक्रममा पुर्व सचिव डाक्टर दीर्घसिङ वमले क्षयरोग केन्द्रले जनप्रतिनिधि राखेर गरिएको यो ऎतिहासिक कार्यक्रम कार्यनयन तहमा समेत अब प्रभावकारी बन्न सक्नेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।कार्यक्रममा डाक्टर राजेन्द्र पन्त,डाक्टर महेश्वर श्रेष्ठ डाक्टर बिनोदकुमार गिरि ,भिमा पराजुली लगायतले अआफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा केन्द्रका निर्देशक डाक्टर संजयकुमार ठाकुरले क्षयरोग मुक्त अभियानलाई सफल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउदै हाम्रो अभियानलाई सहयोग गर्दै आउनुभएका दातृनिकायका प्रतिनिधिलाई धन्यवाद दिनुभयो।कार्यक्रममा दातृ निकाय WHO को डाक्टर पापा ग्लोबल फन्ड -सेभ द चिल्ड्रेनका प्रमुख डाक्टर राजेन्द्र बस्नेतले समेत कार्यक्रम र अभियानको प्रभावकारी कार्यनयनको बारेमा आफनो धारणा राख्नुभएको थियो।कार्यक्रममा सहभागीता र चलाइएका छलफलमा उठेका बिषयहरुका गाम्भिरयतालाई बुझ्दा कार्यक्रम भब्यरुपमा सफल अनि उपलब्धिमूलक रहेको सहभागीहरुकै प्रतिक्रिया सुन्न सकिन्थ्यो ।

प्रकाशित मिति:August 5, 2022