जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

  Sampatti News Online

August 22, 2022

६ भदौ, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ परेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता रहेको छ भने अर्को २२ वर्षीय चन्दन गुप्ता रहेको प्रहरीले जनाएका छन् ।

उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई जबरजस्ती गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:August 22, 2022