पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट बाट चुनाव लढे जित्ने निश्चित

  Sampatti News Online

August 22, 2022

रौतहट । मंसिर ४ मा हुने संसदीय निर्वाचनमा गृह क्षेत्रबाट एकीकृत समाजवादी का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल रौतहट बाट चुनाव लढे गठबन्धन बिना नै चुनाव जित्ने अवस्थामा रहेको बताइएको छ। शिर्ष नेताहरु को कहाँ बाट सुरक्षित हुन्छ्न भन्ने बहस चलिरहेको बेला ठुला नेताहरु मध्ये नेता नेपाल बढी सुरक्षित देखिएका छन्। यद्यपि काङ्ग्रेस सहितको गठबन्धन मै चुनावी प्रतिस्पर्धामा जाने एकीकृत समाजबादी पार्टीका तर्फबाट अध्यक्ष नेपालका निम्ति गठबन्धनले थप बजबुत बनाउने बताइएको छ।

यसैबीच नेपालले पार्टीको निर्णय जहाँबाट हुन्छ त्यहीँबाट संसदीय चुनावमा उम्मेदवार बन्ने बताउँदै आएपनि रौतहटको सदरमुकाम गौरमा नेपालको जन्मघर रहेकोले यहीँबाट उम्मेदवार बन्ने करिब निश्चित देखिएको छ।

पहिले पनि यसै क्षेत्रबाट निर्वाचित हुने गरेकाले नेपालको लागि अहिलेको वातावरण केही सहज भएको बताइएको छ। सदरमुकाम गौर नगरपालिकामा नेकपा एसबाट शम्भु साह बहुमतसहित नगर प्रमुखमा निर्वाचित भएका छन्।

यसैगरी पहिलेदेखि नै नेपालका निकट मानिने भिखारीप्रसाद यादव राजदेवी नगरपालिकाको प्रमुखमा बहुमतसहित नेकपा एसबाट निर्वाचित भएका छन्।

अन्य नगरपालिका तथा गाउँपालिकामा नेकपा एसको बलियो उपस्थिति रहेको देखिएको छ। यसै क्षेत्र पर्ने स्थानीय तहमा पनि सदरमुकाम गौरका मेयर साहले गरेका राम्रा कामको प्रभाव बढदै गएकोले पनि गठबन्धन बिना नै एकीकृत समाजबादीका अध्यक्ष नेपालले भारी मतका साथ बिजय हुने सम्भावना बढेर गएको छ।

गौरका नगर प्रमुख शम्भु साहले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका नेपाललाई रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन आफूहरुले सुझाव दिइरहेको र यस क्षेत्रका मतदाताले पुर्व प्रधानमन्त्री नेपाल लाई मत हाल्न व्यग्र प्रतीक्षा गरिरहेको बताएका छन्।

केही महिनादेखि रौतहटको क्षेत्र नम्बर १ मा विभिन्न किसिमका विकास निर्माणले गति लिएको छ भने नेपालको सक्रियता पनि त्यतिकै बढेको छ। नेकपा एसबाट संघीय सरकारमा रहेका विभिन्न मन्त्रीहरुले पनि सदरमुकाम गौर र क्षेत्र नम्बर १ मा धेरै कार्यक्रम सहित आफ्नो उपस्तिथि राख्दै जनता बीचमा पुग्नाले पनि नेता नेपालको माहोल तात्दै गएको अनुभुती जनता बीच भएको छ।

नेता नेपालको ध्यान रौतहट केन्द्रित भएको बुझे पछि सो क्षेत्रका कतिपय चुनावी प्रतिस्पर्धामा उत्रने मनसाय बोकेका नेताहरू समेत पैसा मात्रै सकिने डरले साइड लागेको बुझिएको छ। यसै बीच एमालेका अध्यक्ष केपि ओलि शर्माले गौरका पुर्व मेयर अजय गुप्तालाई डेन्टिङ पेन्टिङ गर्दै नेपाल सग भिडाउने तयारी अनुरुप गौर मै एक कार्यक्रम गर्न पुगेका थिए।

एमालेको नाममा चुनावी प्रतिस्पर्धामा उत्रने कोहि नभेटेपछि भ्रष्टाचारले दुर्गन्धित गुप्तालाई अगाडि सारेकाले पनि नेपाललाई सजिलो भएको बताइएको छ।

गौर नगरपालिका भित्र करोडौं भ्रस्टाचार गरेका गुप्ता चुनाबि प्रतिस्पर्धामा आए नेपालले दुई तिहाइ मतका साथ बिजय हुने अहिलेसम्मको मत सर्वेक्षणले बताएको नेपाली काङ्ग्रेसका एक नेताले सम्पत्ति ज्युज लाई बताए ।

स्थानीय तहमा समाजबादिको वर्चस्व रहेकाले पनि बिगत भन्दा फरक ढंगले रौतहट क्षेत्र नम्बर एक लाई हेरिएको बताइएको छ। सबैतिरबाट माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर एक मा संसदीय निर्वाचनको उम्मेदवारको चर्चा चलिरहेको समयमा उहाँको माहोल पनि त्यतिकै बन्दै गएको छ।यो बन्दै गएको माहोलाई बचाइ राख्न समाजवादिका कार्यकर्ता मसिनो ढङ्गले परिचालन भएको देखिन्छ।

प्रकाशित मिति:August 22, 2022